१२ बैशाख २०८१, बुधबार | April 25, 2024

संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप



काठमाडौं । आफ्ना सांसदहरुलाई आईतबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्दै सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिएको छ ।

संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्पीप जारी गरेको हो ।

सर्वोच्च अदालतको २८ असारको परमादेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बाट शुरु हुँदै छ । आजै (आइतबार) नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने संसद सचिवालयले कार्यसूची बनाएको छ ।

गठबन्धनमा सहभागी सबै दलबाट प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त हुने विश्वास राखिएको कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ३ : ४९ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको