७ आश्विन २०८३, बुधबार | September 23, 2026

भीम रावलद्वारा सांसद पदबाट राजीनामा



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् ।

एमालेभित्र माधवकुमार नेपाल पक्षका बलिया खम्बा रहेका रावल पछिल्लो केही दिन यता पार्टीभित्रको विवाद समाधानका लागि प्रयत्नशील छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा नेपालपक्षभित्र विवाद देखिएपछि रावलले सांसद पदबाटै राजीनामाको बाटो रोजेका हुन् । रावलले आफ्नो समुहभित्र देउवालाई विश्वासको मत दिन नहुने अडान राखेका थिए ।

रावलले प्रतिनिधिसभा सदस्य पदबाट आइतवार सभामुखलाई राजीनामा बुझाएका छन् । राजीनामा बुझाएपछि संसद भवनबाहिर संचारकर्मीहरुसँग कुरा गर्दै रावलले दुषित राजनीतिक खेलको मतियार बन्नुभन्दा सांसद पदबाटै बाहिरिनु आफ्ना लागि उचित भएको बताए ।उनले भने, ‘देशमा हाल भइरहेको जनविरोधी राजनीतिमा मतियार भएर दुषित खेल खेल्नु भन्दा प्रतिनिधिसभाबाट नै अलग भएको छु । राजनीति र त्यसका सबै संयन्त्र देश र जनताको हितमा लाग्नुपर्ने थियो तर राजनीतिक नेतृत्वले देशलाई अनिश्चयतिर धकेलिदियो।’

संविधाको धारा ७६ (५)अनुसार देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित राष्ट्रपतिकहाँ पठाएको पत्रमा हस्ताक्षर गरेका रावलले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यस विरुद्ध आफु निकट सांसदहरुको हस्ताक्षर जुटाउन र सर्वोच्च अदालतमा रिट हाल्ने नेतृत्व गरेका थिए ।

एमालेको संस्थापन र नेपाल पक्षसम्मिलित १० सदस्यीय विवाद समाधान कार्यदलका नेपाल पक्षका संयोजक रहेका रावल पार्टीको विवाद समाधान हुनुपर्ने अडान राख्दै आएका छन् । केही समय पहिले भने रावलले अध्यक्ष केपी शर्मा ओलीको सबैभन्दा चर्को आलोचना गर्ने गर्थे ।

 

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : २२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई