७ पुस २०८२, सोमबार | December 22, 2025

विश्वासको मतका लागि मतविभाजन प्रक्रिया सुरु



काठमाडौं । प्रतिनिधिसभामा मत विभाजन प्रक्रिया सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतमाथिको छलफल सकिएपछि मत विभाजन प्रक्रिया सुरु भएको हो ।

प्रधानमन्त्री देउवाले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजनका लागि प्रक्रियाबारे जानकारी गराएका छन् ।

विश्वासको पक्षमा दिनेहरुले सभामुख आसनको दायाँ भागमा र विपक्षमा मतदान गर्नेहरुले बायाँ भागमा रहेको लवीमा पुगेर त्यहाँ राखिएको वर्णानुक्रमअनुसारको आफ्नो नाम भएको महलमा हस्ताक्षर गर्नुपर्नेछ ।

तटस्थ बस्नेहरुलाई सभामुखको आसन पछाडि रहेको लविमा गएर आफ्नो नाम रहेको महलमा हस्ताक्षर गर्ने व्यवस्था मिलाइएको छ । यसैगरी कोरोना संक्रमण भएका सांसदले ल्होत्से हलमा गएर मतदान गर्न सक्नेछन् ।

सांसदहरुले पक्ष, विपक्ष र तटस्थमा मतदान सुरु गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : ३५ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८