७ पुस २०८२, सोमबार | December 22, 2025

प्रधानमन्त्री देउवालाई गगन थापाको आग्रह – बालुवाटारमा पार्टीका कुनै कार्यक्रम नगरिदिनुस्



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीका कुनै भेला बैठक नराख्न आग्रह गरेका छन् ।

नेता थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री निवासमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवा बालुवाटार सरेकै दिन पार्टीको पदाधिकारी बैठक गरेका थिए ।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासलाई पार्टी र आफु निकट संघसंस्थाहरुको नियमित कार्यक्रम गर्ने थलो बनाएका थिए । प्रधानमन्त्री निवासलाई पार्टी प्यालेस बनाइएको भन्दै आलोचना भए पनि ओलीले त्यसलाई वेवास्ता गर्दै आफु बालुवाटारबाट बालकोट बाहिरिरिने दिनसम्म पनि दुरुपयोग गरेका थिए ।

फेरि देउवाले पनि ओली प्रवृति नै पछ्याउन थालेको भन्दै सवत्र्र आलोचना भएको थियो । कांग्रेस नेता थापाले सोमबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्नु भन्ने विश्वास दिलाउनु भएको छ।’

थापाले आफुहरुलाई दिलाएको विश्वासलाई सधैंभर कायम राखिदिन देउवालाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : ०६ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८