२९ चैत्र २०८२, आइतबार | April 12, 2026

प्रधानमन्त्री देउवालाई गगन थापाको आग्रह – बालुवाटारमा पार्टीका कुनै कार्यक्रम नगरिदिनुस्



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीका कुनै भेला बैठक नराख्न आग्रह गरेका छन् ।

नेता थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री निवासमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवा बालुवाटार सरेकै दिन पार्टीको पदाधिकारी बैठक गरेका थिए ।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासलाई पार्टी र आफु निकट संघसंस्थाहरुको नियमित कार्यक्रम गर्ने थलो बनाएका थिए । प्रधानमन्त्री निवासलाई पार्टी प्यालेस बनाइएको भन्दै आलोचना भए पनि ओलीले त्यसलाई वेवास्ता गर्दै आफु बालुवाटारबाट बालकोट बाहिरिरिने दिनसम्म पनि दुरुपयोग गरेका थिए ।

फेरि देउवाले पनि ओली प्रवृति नै पछ्याउन थालेको भन्दै सवत्र्र आलोचना भएको थियो । कांग्रेस नेता थापाले सोमबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्नु भन्ने विश्वास दिलाउनु भएको छ।’

थापाले आफुहरुलाई दिलाएको विश्वासलाई सधैंभर कायम राखिदिन देउवालाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : ०६ बजे

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ