१२ बैशाख २०८१, बुधबार | April 25, 2024

पाकिस्तानी समकक्षी इमरान खानले दिए प्रधानमन्त्री देउवालाई बधाई



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत हासिल गरेपछि छिमेकी मित्रराष्ट्रका समकक्षीहरुबाट बधाई सन्देश आउन सुरु गरेको छ ।

मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार बिहान ट्वीटरमार्फत बधाई दिएका छन् । पाकिस्तानी समकक्षी खानले प्रतिनिधिसभाबाट विश्वासको मत जितेकोमा देउवालाई बधाई दिएका हुन् ।

खानले आफ्नो सन्देशमा पाकिस्तान नेपालसँग रहेको सौहार्दपूर्ण सम्बन्ध अझ गहिरो बन्ने आशा व्यक्त गरेका छन् । खानले दुई देशबीचको पारस्पारिक हित एवं साझा मुद्दामा नेपालसँग मिलेर काम गर्न पाकिस्तानले जारी राख्ने पनि उनले जनाएका छन् ।

विश्वासको मत हासिल गरेलगत्तै सोमबार राति नै दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट देउवालाई बधाई दिएका थिए ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि एकसातासम्म मित्र राष्ट्रका राजदूतहरुले बधाई दिएपनि समकक्षीहरुबाट बधाई सन्देश आएको थिएन ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : ३७ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको