१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आजबाट जोनसन एण्ड जोनसनको खोप लगाउन सुरु, प्रधानमन्त्री देउवाले जोरपाटीमा गरे अनुगमन



काठमाडौं । आजबाट कोरोना भाइरस विरुद्धको अमेरिकी खोप लगाउन सुरुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोनसन एण्ड जोनसन कम्पनीको जानसेन खोप लगाउने कामको सुरुवात गरेका छन् ।

जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर प्रधानमन्त्री देउवाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गरेका छन् । त्यसअवसरमा अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए ।

प्रधानमन्त्री देउवाले आफ्नो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप भएको बताएका छन् । देउवाले खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेका छन् ।

एक डोज मात्र लगाए पुग्ने यो खोप आजबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाउन सुरु गरिएको हो । यस्तै, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मीलाई पनि यो खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा रहेका ४४ वटा खोप केन्द्रबाट आज भोलि र पर्सि यो खोप लगाउने कार्यक्रम रहेको छ ।

अमेरिकाले नेपाललाई उपहारस्वरुप १५ लाख ३४ हजार ८५० डोज खोप अनुदान दिएको थियो ।

 

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ११ : १० बजे

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक