१९ असार २०८३, शुक्रबार | July 4, 2026

एमालेको दशौं केन्द्रीय कमिटी बैठक सुरु, फ्लोर क्रस गर्ने सांसदमाथि अनुशासनको डण्डा बर्सिँदै



काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको दशौं बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ ११ बजेपछि सुरु भएको बैठकमा पार्टीको विधान महाधिवेशन र समसामयिक विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।

एमालेले पार्टीको कमिटीलाई २०७५ जेठ २ को अवस्थमा पुगेको जनाउन केन्द्रीय कमिटीको दशौं बैठक आयोजना गरेको हो । एमालेले माओवादी केन्द्रबीच एकता हुने दिन केन्द्रीय कमिटीको नवौं बैठक बसेको थियो । यद्यपी, आजको बैठक दशौं कन्द्रीय कमिटी बैठक भनिएपनि नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा भन्दा थप केन्द्रीय सदस्यहरु पनि उपस्थिति रहेको छ ।

बैठकमा माओवादी केन्द्र परित्याग गरेर एमाले बनेका नेताहरु पनि उपस्थित छन् ।  तर, यो बैठकमा पनि माधवकुमार नेपाल पक्षधर नेताहरुको उपस्थिति रहेको छैन ।

नेपाल पक्षले पार्टीका सबै कमिटीलाई जेठ २, २०७५ अघिको अवस्थामा संचालन गर्नुपर्ने माग गर्दै आएको थियो । त्यो माग अस्वीकार गर्दै आएको संस्थापन पक्ष सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि पुनः पुरानै कमिटीको नाममा फर्किन बाध्य भएको थियो ।

बैठकमा पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने २२ सांसद र संसद बैठक नै बहिस्कार गर्ने ११ सांसदको विषयमा छलफल गरी निस्कर्ष निकालिने बताइएको छ । उनीहरुमाथि गम्भीर अनुशासन उल्लंघनको कारवाही गर्ने तयारी भएको छ ।

माधवकुमार नेपालसहित केही नेताहरु पुनः पार्टीबाट निस्कासनमा पर्ने सम्भावना बलियो रहेको एमालेका एक नेताले बताएका छन् । सोमबार राति भएको मतदानमा देउवालाई माधव नेपाल पक्षका मात्र नभएर ओली पक्षका सांसदले समेत फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए ।

एमालेले यही साउन २५ देखि २७ गतेसम्म पार्टीको विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १२ : ०४ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०