७ पुस २०८२, सोमबार | December 22, 2025

एमालेको दशौं केन्द्रीय कमिटी बैठक सुरु, फ्लोर क्रस गर्ने सांसदमाथि अनुशासनको डण्डा बर्सिँदै



काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको दशौं बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ ११ बजेपछि सुरु भएको बैठकमा पार्टीको विधान महाधिवेशन र समसामयिक विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।

एमालेले पार्टीको कमिटीलाई २०७५ जेठ २ को अवस्थमा पुगेको जनाउन केन्द्रीय कमिटीको दशौं बैठक आयोजना गरेको हो । एमालेले माओवादी केन्द्रबीच एकता हुने दिन केन्द्रीय कमिटीको नवौं बैठक बसेको थियो । यद्यपी, आजको बैठक दशौं कन्द्रीय कमिटी बैठक भनिएपनि नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा भन्दा थप केन्द्रीय सदस्यहरु पनि उपस्थिति रहेको छ ।

बैठकमा माओवादी केन्द्र परित्याग गरेर एमाले बनेका नेताहरु पनि उपस्थित छन् ।  तर, यो बैठकमा पनि माधवकुमार नेपाल पक्षधर नेताहरुको उपस्थिति रहेको छैन ।

नेपाल पक्षले पार्टीका सबै कमिटीलाई जेठ २, २०७५ अघिको अवस्थामा संचालन गर्नुपर्ने माग गर्दै आएको थियो । त्यो माग अस्वीकार गर्दै आएको संस्थापन पक्ष सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि पुनः पुरानै कमिटीको नाममा फर्किन बाध्य भएको थियो ।

बैठकमा पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने २२ सांसद र संसद बैठक नै बहिस्कार गर्ने ११ सांसदको विषयमा छलफल गरी निस्कर्ष निकालिने बताइएको छ । उनीहरुमाथि गम्भीर अनुशासन उल्लंघनको कारवाही गर्ने तयारी भएको छ ।

माधवकुमार नेपालसहित केही नेताहरु पुनः पार्टीबाट निस्कासनमा पर्ने सम्भावना बलियो रहेको एमालेका एक नेताले बताएका छन् । सोमबार राति भएको मतदानमा देउवालाई माधव नेपाल पक्षका मात्र नभएर ओली पक्षका सांसदले समेत फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए ।

एमालेले यही साउन २५ देखि २७ गतेसम्म पार्टीको विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १२ : ०४ बजे

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका