६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

माधव नेपालसहितका २२ सांसदलाई तत्काल कारवाहीको माग गर्दै एमाले बैठकमा हुटिङ



काठमाडौं । २२ सांसदलाई तत्कालै कारवाही गर्नुपर्ने माग गर्दै एमाले केन्द्रीय कमिटी बैठकमा केही सदस्यहरुले हुटिङ गरेका छन् ।

ललितपुरको च्यासलमा जारी १०औं केन्द्रीय कमिटी बैठकमा महेश बस्नेत, खिमलाल भट्टराई, कृष्ण राई लगायतका केन्द्रीय सदस्यहरुले तत्कालै २२ सांसदलाई कारवाही माग गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासनको कारवाही गर्न २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेपछि उनीहरुले तत्काल हलबाटै कारवाही गर्नुपर्ने माग गरेका हुन् । त्यसपछि केहीबेर बैठककक्षमा केन्द्रीय सदस्यहरुले होहल्ला गरेका थिए ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली समर्थकहरु मात्र सहभागी छन् । ओली निकट केन्द्रीय सदस्यहरुले पार्टीको अनुशासन उल्लंघन गर्ने जो कोहीलाई दण्डित गर्नुपर्ने माग गरेका हुन् ।

नेपालसहितका २२ जना सांसदले सोमबार राति पार्टीको निर्देशन विपरित शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । नेपाल पक्षका मात्र नभएका ओली पक्षकै ८ जना सांसदले समेत फ्लोर क्रस गरेका थिए । नेपाल पक्षका ११ जना सांसदले भने पार्टी एकता वचाउने भन्दै विपक्षमा मतदान गर्ने पार्टीको निर्देशनलाई समेत अवज्ञा गर्दै मतदान बहिस्कार गरेका थिए ।

पार्टीको विवाद समाधाका लागि गठित कार्यदलको १० बुँदे सुझाव अनुसार पार्टीको १०औं केन्द्रीय कमिटी बैठक भने पनि २०७५ जेठ २ गतेयता थपिएका केन्द्रीय सदस्यहरु समेत सो बैठकमा सहभागी छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १ : ३८ बजे

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश

काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके