१९ असार २०८३, शुक्रबार | July 4, 2026

माधव नेपालसहितका २२ सांसदलाई तत्काल कारवाहीको माग गर्दै एमाले बैठकमा हुटिङ



काठमाडौं । २२ सांसदलाई तत्कालै कारवाही गर्नुपर्ने माग गर्दै एमाले केन्द्रीय कमिटी बैठकमा केही सदस्यहरुले हुटिङ गरेका छन् ।

ललितपुरको च्यासलमा जारी १०औं केन्द्रीय कमिटी बैठकमा महेश बस्नेत, खिमलाल भट्टराई, कृष्ण राई लगायतका केन्द्रीय सदस्यहरुले तत्कालै २२ सांसदलाई कारवाही माग गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासनको कारवाही गर्न २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेपछि उनीहरुले तत्काल हलबाटै कारवाही गर्नुपर्ने माग गरेका हुन् । त्यसपछि केहीबेर बैठककक्षमा केन्द्रीय सदस्यहरुले होहल्ला गरेका थिए ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली समर्थकहरु मात्र सहभागी छन् । ओली निकट केन्द्रीय सदस्यहरुले पार्टीको अनुशासन उल्लंघन गर्ने जो कोहीलाई दण्डित गर्नुपर्ने माग गरेका हुन् ।

नेपालसहितका २२ जना सांसदले सोमबार राति पार्टीको निर्देशन विपरित शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । नेपाल पक्षका मात्र नभएका ओली पक्षकै ८ जना सांसदले समेत फ्लोर क्रस गरेका थिए । नेपाल पक्षका ११ जना सांसदले भने पार्टी एकता वचाउने भन्दै विपक्षमा मतदान गर्ने पार्टीको निर्देशनलाई समेत अवज्ञा गर्दै मतदान बहिस्कार गरेका थिए ।

पार्टीको विवाद समाधाका लागि गठित कार्यदलको १० बुँदे सुझाव अनुसार पार्टीको १०औं केन्द्रीय कमिटी बैठक भने पनि २०७५ जेठ २ गतेयता थपिएका केन्द्रीय सदस्यहरु समेत सो बैठकमा सहभागी छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १ : ३८ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०