२४ बैशाख २०८१, सोमबार | May 6, 2024

माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गर्ने



काठमाडौ । माछापुच्छ्रे बैंकले कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाण्डौँको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना बिशेष वार्डको स्थापना गर्ने भएको छ ।

गएको २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिदै गएको कारोना भाइसरको महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आश्यकता महसुस गरि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पतालमा कोरोना बिशेष वार्डको स्थापना गर्न लागेको हो ।

कोरोना विशेष वार्ड स्थापना गर्ने सम्बन्धि सम्झौता पत्रमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारी तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्नेछ ।

 

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : ३१ बजे

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ

कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदैं

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक