७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

मंगलबार बिहान एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका अध्यक्ष प्रचण्डले त्यसपछि प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए ।

सरकारले विश्वासको मत पाइसकेको अवस्थामा अब मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा प्रचण्डले देउवासँग छलफल गरेको बुझिएको छ । प्रधानमन्त्री नियुक्ति भएकै दिनमा देउवाले कांग्रेस र माओवादी केन्द्रका दुई दुई जना गरी चार जना मात्र मन्त्री बनाएका थिए ।

अब बाँकी मन्त्रीहरु समेत छिट्टै नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने छ । सरकारमा जनता समाजवादी पार्टी जसपा सामेल हुने निर्णय गरिसकेको छ भने एमालेको नेपाल पक्षले अझै निर्णय गरिसेकेको छैन । २५ सदस्यीय मन्त्रिपरिषद्मा ३ जना राज्यमन्त्रीसहित २४ जना नियुक्ति गर्न मिल्छ ।

प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रम बनाएर गठबन्धन दलहरुबीच विश्वासका आधारमा सरकार संचालन गर्ने विषयमा समेत प्रधानमन्त्रीसँग छफल गरेका छन् । प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्ताव गर्दैआएका छन् ।

छलफलमा ओली सरकारले गरेका सबै असंवैधानिक नियुक्तिहरु पनि खारेज गर्ने सहमति भएको छ ।

 

 

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १० : ५६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई