१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

मंगलबार बिहान एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका अध्यक्ष प्रचण्डले त्यसपछि प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए ।

सरकारले विश्वासको मत पाइसकेको अवस्थामा अब मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा प्रचण्डले देउवासँग छलफल गरेको बुझिएको छ । प्रधानमन्त्री नियुक्ति भएकै दिनमा देउवाले कांग्रेस र माओवादी केन्द्रका दुई दुई जना गरी चार जना मात्र मन्त्री बनाएका थिए ।

अब बाँकी मन्त्रीहरु समेत छिट्टै नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने छ । सरकारमा जनता समाजवादी पार्टी जसपा सामेल हुने निर्णय गरिसकेको छ भने एमालेको नेपाल पक्षले अझै निर्णय गरिसेकेको छैन । २५ सदस्यीय मन्त्रिपरिषद्मा ३ जना राज्यमन्त्रीसहित २४ जना नियुक्ति गर्न मिल्छ ।

प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रम बनाएर गठबन्धन दलहरुबीच विश्वासका आधारमा सरकार संचालन गर्ने विषयमा समेत प्रधानमन्त्रीसँग छफल गरेका छन् । प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्ताव गर्दैआएका छन् ।

छलफलमा ओली सरकारले गरेका सबै असंवैधानिक नियुक्तिहरु पनि खारेज गर्ने सहमति भएको छ ।

 

 

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १० : ५६ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर