१९ असार २०८३, शुक्रबार | July 4, 2026

एमाले केन्द्रीय कमिटी बैठक जारी



काठमाडौं । नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा बैठकमा पार्टीको निर्देशन विपरित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई गरिने कारवाहीबारे छलफल भैरहेको छ ।

हिजो सोमबार बसेको बैठकले माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासनको कारवाही गर्ने निर्णय गर्दै त्यसअघि २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यद्यपी, एमालेले कुनै पनि सांसदलाई २४ घण्टासम्म स्पष्टीकरण सोधेको छैन ।

हिजोको बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने निर्णय समेत गरेको थियो । आज सो सहमति सबै सदस्यहरुलाई वितरण गरिएको छ । १० बुँदे कार्यान्वयन गर्दै पार्टी अनुशासन उल्लंघन गर्नेहरुमाथि कठोर बन्ने एमालेले निर्णइ गरेको छ ।

यस्तै अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका उपलब्धि, पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियान लगायतका विषयमा छलफलको कार्यसूची रहेको केन्द्रीय सदस्य एवं संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : ३१ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०