२२ बैशाख २०८१, शनिबार | May 4, 2024

एमाले केन्द्रीय कमिटी बैठक जारी



काठमाडौं । नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा बैठकमा पार्टीको निर्देशन विपरित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई गरिने कारवाहीबारे छलफल भैरहेको छ ।

हिजो सोमबार बसेको बैठकले माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासनको कारवाही गर्ने निर्णय गर्दै त्यसअघि २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यद्यपी, एमालेले कुनै पनि सांसदलाई २४ घण्टासम्म स्पष्टीकरण सोधेको छैन ।

हिजोको बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने निर्णय समेत गरेको थियो । आज सो सहमति सबै सदस्यहरुलाई वितरण गरिएको छ । १० बुँदे कार्यान्वयन गर्दै पार्टी अनुशासन उल्लंघन गर्नेहरुमाथि कठोर बन्ने एमालेले निर्णइ गरेको छ ।

यस्तै अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका उपलब्धि, पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियान लगायतका विषयमा छलफलको कार्यसूची रहेको केन्द्रीय सदस्य एवं संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : ३१ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा