६ श्रावण २०८३, बुधबार | July 22, 2026

खैरो हिरोइन र ५ लाख १५ हजार नगद सहित २ जना बाँके प्रहरीको नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले खैरो हिरोइनसाग् श्रोत नखुलेको ५ लाख बढी रकम सहित २ जनालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उपमहानगर ११ ठटेरियन टोलबाट २ ग्राम १०० मीलीग्राम खैरो हिरोइन र श्रोत नखुलेको ५ लाख १५ हजार नगद सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

लागु औषधको कारोवार भई रहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागु औषध नियन्त्रण व्युरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले लागु औषध खैरो हिरोइन र नगद सहित ६१ वर्षिय गुन्नु कबडिया र १८ वर्षिय राहुल कबडियालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुले प्रयोग गर्ने गरेको २ थान मोबाईल पनि बरामद गरेको छ ।

पक्राउ परेका दुबैजनालाई लागु औषध कारोबारको ऐन बमोजिम कारवाहीका लागि अनुसन्धान भईरहेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ११ : १८ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको