२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको वार्षिकोत्सवमा रक्तदान र वृक्षारोपण



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सवको कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । ३२ औं वर्षिकोत्सव अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झण्डोत्तलन गरेका छन् ।

३२ औं वर्षिकोत्सवको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा संघका कार्यबहाक अध्यक्ष रामप्रसाद जोशीेले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । त्यसपश्चात प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्रममा ६७ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए । वार्षिकोत्सवको अवसरमा संघले मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गर्ने भएको छ । वर्षिकोत्सवका विविध कार्यक्रम संघका विभिन्न क्षेत्रीय समितिहरुमा समेत संचालन गरिएको थियो ।

रा.वा. कर्मचारी संघ नेपाल २०४७ साल साउन ६ गते स्थापना भएको बैंकभित्रको सबैभन्दा जेठो ट्रेड युनियन हो । संघले पेशागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा जोडदार आवाज उठाउदै आईरहेको छ ।

रक्तदान कार्यक्रममा रक्तदान कार्यकमका संयोजक बद्रीप्रसाद तिमिल्सिना, कार्यकारीणी समितिका पदाधिकारीहरु, केन्द्रीय समिति तथा क्षेत्रीय समितिका पदाधिकारीहरु, नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल रा.वा.बैंकका अध्यक्ष, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, कम्पनी सचिव, उपप्रमुखहरु, शाखा प्रबन्धकहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  २ : २५ बजे

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम