१९ असार २०८३, शुक्रबार | July 4, 2026

२२ सांसदलाई ओलीले सोधे स्पष्टीकरण, २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नदिए कारवाही



काठमाडौं । नेकपा (एमाले)ले आफ्ना २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पत्र साउन ५ गतेको मितिमा २२ सांसदहरुलाई थमाइएको छ ।

माधवकुमार नेपालसहित २२ जना सांसदले पार्टीको निर्देशन विपरित यही ३ गते शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि ४ गते बसेको केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा हिजोको मितिमा २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन सबै सांसदलाई निर्देशन दिइएको छ ।

मंगलबार तयार पारिएको स्पष्टीकरण पत्र भने नेपाल २२ सांसदले बुधबार मात्र प्राप्त गरेका छन् । एमालेको नेपाल पक्षमा खुलेका १४ र ओली पक्षमा रहेका ८ सांसदले देउवालाई विश्वासको मत दिएका थिए । यस्तै, ११ जना सांसदले पार्टीको निर्देशन विपरित संसद बहिस्कार गरेका थिए । उनीहरुलाई भने स्पष्टीकरण सोधिएको छैन ।

स्पष्टीकरण पत्रमा विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य किन गरेको भनेर अध्यक्ष ओलीले सोधेका छ्न्। पत्रमा पार्टीबाट निष्कासन किन नगर्ने भनेर सोधिएको छ। पत्रमा अगाडि लेखिएको छ, ‘पार्टीका विरुद्ध विभिन्न भेला आयोजना गर्ने, गुटगत गतिविधि सञ्चालन गर्ने र पार्टिको निर्णय विरुद्धमा आफू र अरु समेत संलग्न भई विभिन्न कार्य गर्ने गराउने जस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य के कति कारणले गर्नु भएको हो ?’

 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : २७ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०