१९ असार २०८३, शुक्रबार | July 4, 2026

माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक, न्यूनतम साझा कार्यक्रम छिटै बनाउन सत्ता गठबन्धनलाई आह्वान



काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिगमनविरुद्ध थालेको संघर्ष सफल भएको निष्कर्ष निकाल्दै अव पार्टीलाई व्यवस्थित गर्नेतर्फ केन्द्रित हुने निर्णय गरेको छ ।

पेरिसडाँडामा आज बसेको माओवादी स्थायी कमिटीको बैठकले प्रतिगमनविरुद्ध थालेको संघर्ष सफल भएको भन्दै पार्टीलाई व्यवस्थित गर्न केन्द्रित हुने निर्णय गरेको हो । माओवादीले पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तिव्र पार्ने निष्कर्ष निकाल्दै केन्द्रीय समितिको बैठक श्रावण २० गते र स्थायी समितिको बैठक श्रावण १७ गते निर्णय पनि गरेको छ।

बैठकले गठबन्धन दलहरुबीच न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आव्हान गरेको छ । न्यूनतम साझा कार्यक्रम र साझा प्रतिवद्धताहरु मार्फत् अगाडि बढाउनुपर्ने भएकाले साझा प्राथमिकताका कार्यक्रम र प्रतिवद्धताहरु तय गर्न आह्वान गरेको हो ।

बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउनु नहुने र विगतमा गरिएका प्रतिवद्धता अनुरुप अगाडि बढ्नुपर्नेमा जोड दिएको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । श्रेष्ठले भने – ‘गठबन्धन सरकारलाई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताहरुमार्फत अगाडि बढाउनुपर्ने भएकोले छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरु सम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम वा हाम्रा साझा प्राथमिकताका कार्यक्रमहरु र प्रतिवद्धताहरु तुरुन्तै तय गर्न पार्टीले आव्हान गरेको छ । र त्यसै अनुसार कार्यदलका सदस्यहरुलाई निर्देशन दिइएको छ ।’

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : ११ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०