१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

दीप बोर्डिङमा अभिभावक कविता वाचन प्रतियोगिता हुने



बुटवल । बुटवलको सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलले गुरुपूर्णिमाको अवसरमा साउन ९ गते शनिबार अभिभावक कविता वाचन प्रतियोगिता गर्ने भएको छ ।

जुम एप मार्फत् भर्चुअल रूपमा दिउँसो २ बजे सुरु हुने प्रतियोगितामा दीप बोर्डिङ हाई स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरूका अभिभावक आमाबुबाले मात्र भाग लिन पाउने कुरा कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले बताए ।

बालबालिकाका प्रथम गुरु आमाबुबाको सम्मान र विद्यार्थीहरूलाई अभिभावकको सक्रियता मार्फत् सिकाइ र अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कुरा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताए ।

प्रतियोगितामा भाग लिन चाहने अभिभावकले साउन ७ गते ४ बजेसम्म नाम दर्ता गर्नुपर्ने र नाम दर्ताका लागि विद्यालयका कक्षा शिक्षक, कार्यक्रम संयोजक वा विद्यालयमा सम्पर्क गर्न सकिने छ भने दर्ता निःशुल्क हुनेछ ।

प्रतियाेिगतामा प्रथम हुनेले ५ हजार, द्वितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजारका साथ प्रमाणपत्र प्राप्त गर्ने र पुरस्कार वितरण नतिजा आइसकेपछि विद्यालयमा गरिने कुरा उप प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यले बताए ।

गुणस्तरीय र संस्कारयुक्त शिक्षामा जोड दिइरहेको यस विद्यालयले कोरोना महामारीको विषम परिस्थितिमा पनि विद्यार्थीहरूलाई अनलाइनका माध्यमबाट नृत्य, गायन, कविता वाचन, वक्तृता, चित्रकला जस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ८ : ३२ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू