२३ भदौ २०८३, मंगलबार | September 8, 2026

‘स्पष्टीकरण एमाले एकतामा भाँजो’



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ प्रतिनिधिसभा सदस्यलाई बुधबार स्पष्टीकरण सोधेका छन ।

केन्द्रीय कमिटीको साउन ४ गते बसेको १० औं बैठकले गरेको निर्णयअनुरुप संसदीय दलका नेतासमेत रहेका ओलीले स्पष्टीकरणपत्र पठाएका हुन ।

सर्वोच्च अदालतले संविधानको धारा ७६९५० बमोजिमको सरकार गठन प्रक्रियामा ह्वीप नलाग्ने व्याख्या गरेपछि उनीहरुलाई दलीय अनुशासनविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएको छ । देउवालाई विश्वासको मत दिएको विषय स्पष्टीकरणपत्रमा उल्लेख छैन ।

पार्टीका विरुद्ध विभिन्न भेला आयोजना, गुटगत गतिविधि सञ्चालन गरेको आरोप उनीहरुलाई लगाइएको छ । पार्टीको निर्णयविरुद्ध आफू अरूसमेत संलग्न भई विभिन्न कार्य गर्ने गराउनेजस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य के कति कारणले गरेको भनी स्पष्टीकरण सोधिएको छ ।

पार्टीको हितविपरीत पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टी विधान तथा निर्णयविपरीत गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको आरोप पनि लगाइएको छ ।

त्यस्तै पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्यूत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँचा आउने गरी निरन्तर विभिन्न क्रियाकलाप सञ्चालन गरेरगराएको, पार्टी कमिटीको गोपनियता भंग गरेरगराएको, विपक्षसँग साँठगाँठ गरे र गराएको, केन्द्रीय जनप्रतिनिधि संख्यालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत निरन्तर लागिरहेको आरोप छ ।

जवाफ चित्तबुझ्दो नभए वा नदिए उनीहरुमाथि कारबाही गर्ने स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन ।

 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ७ : ०२ बजे

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज