१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

‘स्पष्टीकरण एमाले एकतामा भाँजो’



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ प्रतिनिधिसभा सदस्यलाई बुधबार स्पष्टीकरण सोधेका छन ।

केन्द्रीय कमिटीको साउन ४ गते बसेको १० औं बैठकले गरेको निर्णयअनुरुप संसदीय दलका नेतासमेत रहेका ओलीले स्पष्टीकरणपत्र पठाएका हुन ।

सर्वोच्च अदालतले संविधानको धारा ७६९५० बमोजिमको सरकार गठन प्रक्रियामा ह्वीप नलाग्ने व्याख्या गरेपछि उनीहरुलाई दलीय अनुशासनविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएको छ । देउवालाई विश्वासको मत दिएको विषय स्पष्टीकरणपत्रमा उल्लेख छैन ।

पार्टीका विरुद्ध विभिन्न भेला आयोजना, गुटगत गतिविधि सञ्चालन गरेको आरोप उनीहरुलाई लगाइएको छ । पार्टीको निर्णयविरुद्ध आफू अरूसमेत संलग्न भई विभिन्न कार्य गर्ने गराउनेजस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य के कति कारणले गरेको भनी स्पष्टीकरण सोधिएको छ ।

पार्टीको हितविपरीत पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टी विधान तथा निर्णयविपरीत गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको आरोप पनि लगाइएको छ ।

त्यस्तै पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्यूत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँचा आउने गरी निरन्तर विभिन्न क्रियाकलाप सञ्चालन गरेरगराएको, पार्टी कमिटीको गोपनियता भंग गरेरगराएको, विपक्षसँग साँठगाँठ गरे र गराएको, केन्द्रीय जनप्रतिनिधि संख्यालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत निरन्तर लागिरहेको आरोप छ ।

जवाफ चित्तबुझ्दो नभए वा नदिए उनीहरुमाथि कारबाही गर्ने स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन ।

 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ७ : ०२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम