१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा आज अपराह्न ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

साउन ४ गतेदेखि एमाले केन्द्रीय कमिटी बैठक जारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन २२ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधेको छ । उनीहरुलाई बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आजको बैठकमा त्यससम्बन्धी निर्णय हुनेसक्ने जनाइएको छ । उनीहरुलाई कारबाही गर्न सकिने एमालेका एक केन्द्रीय सदस्यले बताए । बुधबारको बैठकले चारवटा विशेष प्रस्ताव पारित गरेको थियो । जसमा सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकालेको थियो ।

एमाले केन्द्रीय कमिटी बैठकले सर्वोच्चको फैसला संविधान र जन चाहनाविपरीत भएको निष्कर्ष निकाल्दै जनतामाझ जाने प्रस्ताव पनि पारित गरेको थियो । त्यस्तै, केपी शर्मा ओली नेतृत्वको सरकारले घेराबन्दीबीच पनि ऐतिहासिक काम गरेको एमालेको निष्कर्ष थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ८ : १८ बजे

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि