१७ माघ २०८२, शनिबार | January 31, 2026

मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोर अवरुद्ध



गलकोट । निरन्तरको वर्षातका कारण बागलुङ जिल्लाका दुई राष्ट्रिय गौरवको आयोजनाका सडक अवरुद्ध भएको छ ।

मध्यपहाडी राजमार्गको बागलुङ नगरपालिका-३ बोक्से र कालिगण्डकी करिडोरको बागलुङ नगरपालिका-१३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । आज बिहानैदेखि दुईवटै सडक अवरुद्ध भएको हो ।

कालिगण्डकी करिडोर १८ दिन अवरुद्ध भएपछि तीन दिनअघि मात्रै सञ्चालनमा आएको थियो । वर्षासँगै आएको लेदोले मध्यपहाडीको बोक्सेमा सडक अवरुद्ध हुँदा सिगाना जाने वैकल्पिक सडक प्रयोग गरेर यात्रुलाई गन्तव्यमा पठाइएको छ ।

लोकमार्ग एकतर्फी खुलाउने प्रयास भइरहेपनि सडकमा लेदो खस्ने काम रोकिएको छैन । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्जल शर्माले अवरुद्ध सडक खुलाउन बिहानैदेखि औजार खटाइएको जानकारी दिए । उनले तत्कालै एकतर्फी सडक खुलाउने गरी काम अन्तिम चरणमा पुगेको बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  १० : ०३ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक