७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

चार विद्यार्थी संगठनद्धारा लुम्बिनी वाणिज्य क्याम्पसमा तालाबन्दी



बुटवल । बुटवलमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा चार विद्यार्थी संगठनले तालाबन्दी गरेका छन ।

अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल ९छैठौं० र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन ।

एमबिएसको प्रवेश परीक्षा फाराम खुलाई एमबिएसलाई निरन्तरता नदिएसम्म अनिश्चितकालका लागि ताला लगाइएको विद्यार्थी संगठनले जनाएका छन ।

विद्यार्थी सङ्गठनले क्याम्पस प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिँदै प्रेस विज्ञप्ति जारी गरि तत्काल फाराम खुलाउन माग गरेपनि ४ दिन बितिसक्दा समेत क्याम्पस प्रशासनले उक्त मागलाई बेवास्ता गरेको भन्दै बिहीबार चार विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको बताएका छन् ।
क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस  कार्यक्रम र क्रमशः बीबीएस लाई पनि हटाई पुर्ण रुपमा स्वायत्तताको बाटो हुँदै मानित विश्वविद्यालयको नाममा शैक्षिक प्रमाणपत्र व्यापार गर्ने भ्रष्टाचारको अखडा बनाउन लागेको विद्यार्थी संगठनले आरोप लगाएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १२ : २६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल