१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

खेलकुद पुर्वाधार विकासको पालो रुपन्देहीको : सदस्य सचिव वली



बुटवल । लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव भिम वलीले खेलकुद पुर्वाधार विकास गर्नेपालो रुपन्देहीको भएको बताएका छन्।

कार्यभार सम्हालेको आठौ दिन शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलकुद पुर्वाधार र गतिविधि विकास गर्दा रुपन्देही पहिलो प्राथमिकता भएको बताए।

रोटरी क्लब अफ बुटवल डाउनटाउनको ८ सय ५७ औं नियमित बैठकमा उनले ब्यवसायिक क्षेत्रमा रहेका सबै वर्गबाट सहयोग गर्न जरुरी रहेको बताए। आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा नेपालगंजमा ५१ करोड र भौतिक पुर्वाधारमा मात्र ८५ करोड लगानी भएको भन्दै उनले लुम्बिनी प्रदेश ईतिहास रच्न सफल भएको बताए।

प्रत्येक वर्ष २र२ वर्षमा हुनुपर्ने राष्ट्रिय प्रतियोगिता बिस २०३८, ४० र ४२ सालपछि निरन्तरता पाउन नसकेको अवस्थामा ३३ वर्षपछि ०७५ वर्षमा गरेको उनले बताए । खेलाडीको उमेर अनुसारको छनौटका विधिलाई पारदर्शी र वैज्ञानीक रुपमा अघि बढाउने उनले बताए। लुम्बिनी प्रदेशको पाच जिल्लामा फरकफरक खेल प्रतियोगिता गरेको उनले बताए । आठौको बेला रुपन्देहीको एन्फा कम्प्लेक्स, लनटेनिस, क्रिकेटमा मैदानमा समेत गरि ३ करोड बढि लगानी भएको उनले बताए ।

क्लबका अध्यक्ष जीवन कक्षपतिले खेलकुद गतिविधिसँगै पुर्वाधार विकासलाई संगसंगै लैजानुपर्ने बताए। नेतृत्वबाट नै पहुच र बलको आधारमा खेलाडी छनौट गर्ने गलत परिपाटीलाई अन्त्य गर्न समेत उनले सुझाव दिए।

क्लबका सचिव बाबुराम बेल्बासे, कोषाध्यक्ष भानु खत्री, क्लबका पुर्व अध्यक्ष भिम श्रेष्ठ, वर्ष ०२१ र २२ रोट्याक्ट क्लब अफ डाउनटाउनका अध्यक्ष राम बेल्बासेले संस्थागत रुपमा सहकार्य गर्न तयार रहेको बताए । फुटसल, क्रिकेट, ब्याडमिन्टन कार्यक्रमहरु क्लबहरुको बिचमा आयोजना गरेर निरन्तर भातृत्व गराउने काम गरेको बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ३ : २१ बजे

तिनाउ खोलामा ३.४४ मेगावाटको ‘नमः बुद्ध’ जलविद्युत आयोजना निर्माण हुँदै

बुटवल । भिजन लुम्बिनी लिमिटेड ले पाल्पाको तिनाउ गाउँपालिका-झुम्सा नजिक

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा