३ पुस २०८२, बिहिबार | December 18, 2025

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध



डोटी । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट ठूलठूला ढुङ्गा र रुखसँगै आएको पहिराका कारण राजमार्ग बन्द भएको हो ।

अवरुद्ध राजमार्ग पुनःसञ्चालनका लागि सडक डिभिजन कार्यालयको डोजर पठाइए पनि पहिराले ठूला ढुङ्गा र रुख ल्याएका कारण पन्छाउन समस्या भइरहेको प्रहरीचौकी गैराले जनाएको छ ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लाबाट तराई तथा तराईबाट पहाडका लागि छुटेका सयौँ सवारी साधन र यात्रुबीच बाटोमा अलपत्र परेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ११ : ०९ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,