२१ माघ २०८२, बुधबार | February 4, 2026

४३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय पत्रकार सलमान खान पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा खैरो हिरोइन ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगर १२ कोरियनपुर स्थित दिब्या खड्काको घरमा भाडामा बस्दै आएका भारतीय नागरिक २ जना र नेपालगन्जका स्थानीय १ जनाबाट ४३ ग्राम १५० मिलीग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

ब्राउन सुगरको कारोबर भईरहेको सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो सहित जिल्ला प्रहरी बाँके र वडा प्रहरी नेपालगन्जको संयुक्त टोलिले छापामारी सो परिमाणमा ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लामो समयबाट बस्नेतको घरमा भाडामा बस्दै आएका लखनउ भारतका मुस्ककिम खाँको कोठामा बसिरहेका बहराईच भारतकै सलमान खानले अण्डरवियर भित्र लुकाईराखेको ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले मुस्ककिम खानले प्रयो गर्दै आएको कोठाबाट मुस्तकिम सहित ब्राउन सुगर बोक्ने सलमान र नेपालगन्ज ११ का आजाद खानलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरीले ब्राउन सुगर बोक्ने खानबाट उनकै नाममा रहेको प्रेस कार्ड १ थान, उनले प्रयोग गर्दै आएको ९८०४५०९२५९ नम्बरको मोबाईल १ थान, डिजिटल तराजु १ थान बरामद गरेको छ । घर भाडामा लिने मुस्तकिम खानले प्रयोग गर्दै आएको मोबाईल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई लागु औषध कोरोबार विरुद्धको अभियोगमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ४ : ०६ बजे

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास