२० मंसिर २०८२, शनिबार | December 6, 2025

४३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय पत्रकार सलमान खान पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा खैरो हिरोइन ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगर १२ कोरियनपुर स्थित दिब्या खड्काको घरमा भाडामा बस्दै आएका भारतीय नागरिक २ जना र नेपालगन्जका स्थानीय १ जनाबाट ४३ ग्राम १५० मिलीग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

ब्राउन सुगरको कारोबर भईरहेको सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो सहित जिल्ला प्रहरी बाँके र वडा प्रहरी नेपालगन्जको संयुक्त टोलिले छापामारी सो परिमाणमा ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लामो समयबाट बस्नेतको घरमा भाडामा बस्दै आएका लखनउ भारतका मुस्ककिम खाँको कोठामा बसिरहेका बहराईच भारतकै सलमान खानले अण्डरवियर भित्र लुकाईराखेको ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले मुस्ककिम खानले प्रयो गर्दै आएको कोठाबाट मुस्तकिम सहित ब्राउन सुगर बोक्ने सलमान र नेपालगन्ज ११ का आजाद खानलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरीले ब्राउन सुगर बोक्ने खानबाट उनकै नाममा रहेको प्रेस कार्ड १ थान, उनले प्रयोग गर्दै आएको ९८०४५०९२५९ नम्बरको मोबाईल १ थान, डिजिटल तराजु १ थान बरामद गरेको छ । घर भाडामा लिने मुस्तकिम खानले प्रयोग गर्दै आएको मोबाईल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई लागु औषध कोरोबार विरुद्धको अभियोगमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ४ : ०६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय