३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

लायन्स क्लब अफ भैरहवा ग्रिनसिटिको आयोजनामा एकदिने अभिमुखीकरण



भैरहवा । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले शनिबार एकदिने लायन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

ओमसतिया गाँउपालिका वडा नम्बर ४ बसन्तपुरस्थित बोधी रेडशन रिसोर्टमा लायन्स क्लब अफ ओमसतिया र लायन्स भैरहवा ग्रीन सिटीका सदस्यहरुलाई संयुक्त रुपमा अभिमुखीकरण तालिम दिइएको लायन्स ग्रीन सिटी वर्ष २०२१/२२ का अध्यक्ष लायन गोविन्द प्रसाद गिरीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका द्वितीय भाइस डिस्ट्रिक गभर्नर पिएमजेअफ लायन नवराज न्यौपानेले लायन्स ग्रिनसिटीको प्रशंसा गर्दै स्थापना कालको छोटो समयमै लायन्स क्लब अफ ओमसतियालाई जन्माउनु उत्कृष्ट कार्य भएको बताए ।

त्यस्तै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक चिफ एडभाईजर एमजेअफ उमंग देवकोटाले लायन्स क्लबको विषयमा, लायन्सका विभिन्न पदाधिकारीको भूमिका तथा कर्तव्यका बारेमा जानकारी गराएका थिए ।

डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापाले लायन्सको काम कर्तव्य र अनुशासन सम्बन्धी तालिम दिएका थिए । एल.सी.आइ.अफ. संयोजक ईं किरण खरेलले कोष सम्बन्धी तालिम दिएका थिए ।

डिष्ट्रिक डेपुटी सेक्रेटरी विजय पाण्डेले बैठक संचालन सम्बन्धी तालिम दिए । लायन्स भैरहवा ग्रीन सिटीका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले संस्था स्थापनाको बारेमा प्रकाश पारेका थिए ।

लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२१/२२ का कार्यवाहक अध्यक्ष चन्द्र बहादुर थापाले लायन्स क्लबले सामाजिक सेवामा हात अगाडी बढाएको बताए ।

कमल रायमाझीको संयोजकत्व तथा रोशन शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपकी अध्यक्ष माया सारु मगर, लायन्स गीन सिटी तथा लायन्स ओमसतियाका सदस्यहरुको उल्लेखनिय सहभागिता थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ८ : १४ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको