१ पुस २०८२, मंगलबार | December 16, 2025

कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल



काठमाडौं । कर्णाली राजमार्गमा मात्र पछिल्ला ४ वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३/७४ देखि शुरू भई गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा यो राजमार्गमा सो संख्यामा पुलको निर्माण सम्पन्न भएको हो ।

सडक विभागका महानिर्देशक अजुनजङ्ग थापाले कर्णाली राजमार्गको विस्तार र स्तरोन्नति गर्ने कार्यक्रम अन्तर्गत १२ वटा नयाँ पक्की पुलको निर्माण सम्पन्न भएको जानकारी दिए । पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमार्ग भनिन्छ ।

महानिर्देशक थापाका अनुसार सो राजमार्गको माटे खोला, तीला खोला, कुवा खोला, लुम्चडी खोला, गुहेगाड खोला, काले खोला, पाल्तडा खोला, कानेगाड खोला, दही खोला, छिडेना खोला, सिँजा खोला र पातले खोलामा पुल निर्माण सम्पन्न भएका छन् ।

ती पुलहरूको निर्माणका लागि आर्थिक वर्ष २०७३/७४ मा विभिन्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो । करीब ४३ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएका ती पुल २ लेनका छन् ।

तीला खोलाबाहेकका पुलको निर्माण २०७४ जेठदेखि निर्माण शुरू भई गत आर्थिक वर्षको माघभित्रमा नै सम्पन्न भएका हुन् । तीला खोलाको पुल निर्माणका लागि २०७५ सालमा सम्झौता भई यस वर्षको जेठमा सम्पन्न भएको थियो । १ दशकअघि २०६३ चैत महिनाको ३० गतेदेखि सञ्चालनमा आएको कर्णाली राजमार्गको कूल लम्बाइ २३२ किलोमिटर रहेको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको राजमार्गको सुर्खेत-जुम्ला राजमार्ग नामकरण गरिएको थियो । अहिले मुलुकभरि १ हजार ५०० नयाँ पुल निर्माणाधीन अवस्थामा रहेका छन् । आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ७ : १२ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा