१९ असार २०८३, शुक्रबार | July 4, 2026

जसपा विवाद : महन्थ ठाकुरको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको अधिकारिकताबारे निर्वाचन आयोगका निर्णय रोक्न महन्थ ठाकुर पक्षले दिएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

यससँगै आयोगमा दर्ता रहेको जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिको हेड काउन्ट गरेर आधिकारिकताबारे फैसला गर्न आयोगलाई बाटो खुलेको छ ।

सर्वोच्चका न्यायाधीस कुमार रेग्मीको एकल इजलासले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ ।

सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै उपेन्द्र यादवको पक्षमा आयोगले फैसला सुनाउने लगभग निश्चित जस्तै भएको छ ।

जसपा २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । दल दर्ताको समयमा रहेको दर्ता किताबमा रहेका कार्यकारिणी सदस्यहरुको हेड काउन्ट गरेर आयोगले भोलि सोमबार जसपाको अधिकारिकता विवादबारे फैसला गर्दैछ । आयोगले हेड काउन्ट गर्नका लागि कार्यकारिणी समितिका सदस्यहरुलाई सक्कल नागरिकतासहित आफै उपस्थित भै सनाखत गर्न निर्देशन दिएको छ ।

आयोगको यस निर्णय विरुद्ध ठाकुर पक्षले आफुहरुलाई अन्याय भएको दाबी गर्दै निर्वाचन आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाउँदै रिट निवेदन दायर गरेको थियो ।

अन्तरिम आदेश नपाएसँगै ठाकुर पक्षले आधिकारिकता पाउने सम्भावना लगभग समाप्त भएको छ । जसपाको कार्यकारिणी समितिमा यादव पक्षको प्रष्ट बहुमत रहेको छ । यसैगरी संसदीय दलमा समेत यादव पक्षकै बहुमत पुगेको छ । निर्वाचन आयोगको इजलास समक्ष सनाखत गर्दा केन्द्रीय कार्यकारिणी सदस्यहरु जता बढी हुन्छन् आयोगले सोही पक्षलाई पार्टीको आधिकारिता दिनेछ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ५ : २८ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०