८ बैशाख २०८१, शनिबार | April 20, 2024

भारतबाट नेपाल भित्राइँदै गरेको १४ लाख बढीको बिना भन्सारको सामान प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल भित्राइँदै गरेको १४ लाख बढीको सामान र वसारपसारमा प्रयोग हुने एउटा सवारी साधन नियन्त्रणमा लिएको छ । नेपाल भारत सीमा नाकाबाट एउटा गाडी र व्यापारिक प्रयोजनको समान नेपाल भित्राईँदै गरेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लु २ ख १२९९ नम्बरको बलेरो पिकअप गाडीमा भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको २६ बोरा चिनि, १८ बोरा मटर, बिभिन्न किसिमका लत्ता कपडा, हुक्का स्मोक पाईप, हुक्काको आल्मिनियम ग्राईन्डर, हुक्का फेलेबर, हुक्का पाईप, हुक्का पेपर र मिनि हुक्का लगायतका बिभिन्न माल सामनहरु सहित भारतवाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले गरेको अनुमानित मुल्याङ्कनका आधारमा गाडी सहित १४ लाख ४४ हजार कायम गरि बेलहिया भन्सार कार्यालयमा बुझाईएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ९ : २२ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को