१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

जसपाको आधिकारिकताका लागि सनाखत जारी, यादव भन्छन् – आत्मालोचना गरे ठाकुरलाई पार्टीमा ठाउँ दिन्छौं



काठमाडौं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी जसपाको कार्यकारिणी सदस्यहरुको सनाखत भैरहेको छ ।

जसपाको विवादबारे फैसला गर्न आयोगले आज ५१ जना कार्यकारिणी सदस्यहरुलाई सक्कल नागरिकतासहित उपस्थित गराएर हेड काउन्ट गराइरहेको छ ।

आयोगमा दुवै पक्षका सदस्यहरु उपस्थित भएर सनाखत गराइरहेका छन् । तर, अध्यक्ष यादवको पक्षमा भने बहुमत सदस्यहरु उभिएका छन् । यसअघि ठाकुर पक्षमा खुल्दै आएका राजकिशोर यादव र मनिष सुमनले समेत यादवको पक्षमा हस्ताक्षर गरेका छन् ।

५१ जना कार्यकारिणीमध्ये यसअघि नै यादवको पक्षमा ३३ जना खुलेका थिए । जेलमा रहेका रेशम चौधरीले समेत यादवकै पक्षमा हस्ताक्षर गर्ने सो समुहले दाबी गरेको छ । अहिलेसम्म यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरिसकेको सो पक्षले जनाएको छ ।

यादव पक्षका नेताहरु विजयी भावमा प्रस्तुत भैरहेका छन् । तर, ठाकुर पक्ष भने अल्पमतमा परेका कारण निराशभावमा उपस्थित भएको छ । अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरको पक्षमा को कति सदस्यहरु छन् भन्ने निक्र्यौल भैसकेपछि आयोगले बहुमत प्राप्त पक्षलाई आधिकारिक मान्यता दिनेछ ।

हस्ताक्षर सनाखत गराउन उपस्थित भएका अध्यक्ष उपेन्द्र यादवले आयोगमा संचारकर्मीहरुसँग करा गर्दै ठाकुर पक्षले आत्मालोचना गरेमा उनीहरुबारे विचार गर्ने प्रतिक्रिया दिएका छन् । यादवले भनेका छन्, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुग्नुभयो । उहाँले बिराएको बाटो र गलत नीति सच्याएर सार्वजनिक रुपमा आत्मआलोचना गरेर आउनेु भयो भने यो पार्टी हो पार्टीले विचार गर्छ ।’ यादवले पार्टीले आधिकरिकता पाएपछि सरकारमा जाने बताएका छन् ।

यसअघि निर्वाचन आयोगको सनाखत गर्ने कार्यतालिका रोक्न ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । तर न्यायाधीस कुमार रेग्मीको एकल इजलासले हिजो अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

 

 

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १२ : ५४ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका