१९ असार २०८३, शुक्रबार | July 4, 2026

जसपाको आधिकारिकताका लागि सनाखत जारी, यादव भन्छन् – आत्मालोचना गरे ठाकुरलाई पार्टीमा ठाउँ दिन्छौं



काठमाडौं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी जसपाको कार्यकारिणी सदस्यहरुको सनाखत भैरहेको छ ।

जसपाको विवादबारे फैसला गर्न आयोगले आज ५१ जना कार्यकारिणी सदस्यहरुलाई सक्कल नागरिकतासहित उपस्थित गराएर हेड काउन्ट गराइरहेको छ ।

आयोगमा दुवै पक्षका सदस्यहरु उपस्थित भएर सनाखत गराइरहेका छन् । तर, अध्यक्ष यादवको पक्षमा भने बहुमत सदस्यहरु उभिएका छन् । यसअघि ठाकुर पक्षमा खुल्दै आएका राजकिशोर यादव र मनिष सुमनले समेत यादवको पक्षमा हस्ताक्षर गरेका छन् ।

५१ जना कार्यकारिणीमध्ये यसअघि नै यादवको पक्षमा ३३ जना खुलेका थिए । जेलमा रहेका रेशम चौधरीले समेत यादवकै पक्षमा हस्ताक्षर गर्ने सो समुहले दाबी गरेको छ । अहिलेसम्म यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरिसकेको सो पक्षले जनाएको छ ।

यादव पक्षका नेताहरु विजयी भावमा प्रस्तुत भैरहेका छन् । तर, ठाकुर पक्ष भने अल्पमतमा परेका कारण निराशभावमा उपस्थित भएको छ । अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरको पक्षमा को कति सदस्यहरु छन् भन्ने निक्र्यौल भैसकेपछि आयोगले बहुमत प्राप्त पक्षलाई आधिकारिक मान्यता दिनेछ ।

हस्ताक्षर सनाखत गराउन उपस्थित भएका अध्यक्ष उपेन्द्र यादवले आयोगमा संचारकर्मीहरुसँग करा गर्दै ठाकुर पक्षले आत्मालोचना गरेमा उनीहरुबारे विचार गर्ने प्रतिक्रिया दिएका छन् । यादवले भनेका छन्, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुग्नुभयो । उहाँले बिराएको बाटो र गलत नीति सच्याएर सार्वजनिक रुपमा आत्मआलोचना गरेर आउनेु भयो भने यो पार्टी हो पार्टीले विचार गर्छ ।’ यादवले पार्टीले आधिकरिकता पाएपछि सरकारमा जाने बताएका छन् ।

यसअघि निर्वाचन आयोगको सनाखत गर्ने कार्यतालिका रोक्न ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । तर न्यायाधीस कुमार रेग्मीको एकल इजलासले हिजो अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

 

 

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १२ : ५४ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०