७ आश्विन २०८३, बुधबार | September 23, 2026

निर्वाचन आयोगद्वारा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई प्रदान



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकताबारे उपेन्द्र यादवको पक्षमा फैसला गरेको छ ।

सोमबार आयोगले जसपाका ५१ जना कार्यकारिणी सदस्यहरुको हेड काउन्ट गरेपछि अध्यक्ष यादवको पक्षमा जसपा रहने फैसला गरेको हो ।

५१ जना सदस्यमध्ये यादवको पक्षमा ३४ जना उभिएका थिए भने अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जना मात्र उभिए । जेलमा रहेका रेशम चौधरीले आफु कुनै पक्षमा नलाग्ने भन्दै तटस्थ बसे ।

आयोगले आधिकारिकता प्रदान गरेसँगै अब जसपाको झण्डा र चुनाव चिन्ह यादव पक्षको भएको छ । ठाकुर पक्षसँग कार्यकारिणीको ४० प्रतिशत संख्या नपुगेका कारण उनले दल विभाजन गर्न सक्ने अवस्था समेत रहेन ।

आयोगको निर्णयसँगै जसपाको बहुमतले अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई गरेको कारवाही पनि वैध भएको छ । जसका कारण चारै जना नेताहरु पार्टीबाट स्वतः निस्काशित भएको नेता मोहम्मद इस्तियाक राईले बताएका छन् ।

अब ठाकुर पक्षले नयाँ दल दर्ता गर्नुपर्ने भएको छ । तर, नयाँ दल दर्ता गर्ने वित्तिकै जसपाबाट निर्वाचित सांसद र जनप्रतिनिधिहरु जसजसले ठाकुर पक्षलाई समर्थन गर्छन्, उनीहरुको पद स्वतः रिक्त हुने भएको छ ।

आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ३ देखि ७ गतेसम्म कानूनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेश भएका कागजातसहित उपस्थित हुन आदेश दिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ५ : २१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई