१६ बैशाख २०८१, आइतबार | April 29, 2024

निर्वाचन आयोगद्वारा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई प्रदान



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकताबारे उपेन्द्र यादवको पक्षमा फैसला गरेको छ ।

सोमबार आयोगले जसपाका ५१ जना कार्यकारिणी सदस्यहरुको हेड काउन्ट गरेपछि अध्यक्ष यादवको पक्षमा जसपा रहने फैसला गरेको हो ।

५१ जना सदस्यमध्ये यादवको पक्षमा ३४ जना उभिएका थिए भने अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जना मात्र उभिए । जेलमा रहेका रेशम चौधरीले आफु कुनै पक्षमा नलाग्ने भन्दै तटस्थ बसे ।

आयोगले आधिकारिकता प्रदान गरेसँगै अब जसपाको झण्डा र चुनाव चिन्ह यादव पक्षको भएको छ । ठाकुर पक्षसँग कार्यकारिणीको ४० प्रतिशत संख्या नपुगेका कारण उनले दल विभाजन गर्न सक्ने अवस्था समेत रहेन ।

आयोगको निर्णयसँगै जसपाको बहुमतले अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई गरेको कारवाही पनि वैध भएको छ । जसका कारण चारै जना नेताहरु पार्टीबाट स्वतः निस्काशित भएको नेता मोहम्मद इस्तियाक राईले बताएका छन् ।

अब ठाकुर पक्षले नयाँ दल दर्ता गर्नुपर्ने भएको छ । तर, नयाँ दल दर्ता गर्ने वित्तिकै जसपाबाट निर्वाचित सांसद र जनप्रतिनिधिहरु जसजसले ठाकुर पक्षलाई समर्थन गर्छन्, उनीहरुको पद स्वतः रिक्त हुने भएको छ ।

आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ३ देखि ७ गतेसम्म कानूनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेश भएका कागजातसहित उपस्थित हुन आदेश दिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ५ : २१ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क