१ असार २०८३, सोमबार | June 15, 2026

कराते डो परिवारद्वारा लुम्बिनी प्रदेश खेलकुद परिषदको टिमलाई स्वागत



बुटवल । नवनियुक्त लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिव भिम वलीसहित प्रदेश खेलुकद परिषद टिमलाई नेपाल सितोरियो कराते डो परिवार, बुटवल रूपन्देहीले सम्मान तथा स्वागत गरेको छ। मणिग्रामस्थित छहारी क्लबमा सोमवार एक कार्यक्रममा परिषदका कोषाध्यक्ष कृष्ण प्रसाद देवकोटा, सदस्यहरु उमा अधिकारी, संदेश चापागाईं, कृष्ण कुमाललाई सिनियर खेलाडी तथा नेपाल सितोरियो कराते संघ रुपन्देहीका उपाध्यक्ष बासु बस्यालले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कार्यक्रमका बोल्दै सदस्य सचिव वलीले प्रदेश खेलकुदको विकास रुपन्देहीबाट शुरुवात हुने बताए। आठौ राष्ट्रिय प्रतियोगितामा नेपालगंज, दाङ भौतिक पुर्वाधार विकास भैसकेको भन्दै अब रुपन्देहीमा लगानी गरिने उनले बताए।

मार्शल आर्टका खेलाडी बासु बस्यालले मार्शल आर्ट अन्तराष्ट्रिय रुपमा नाम कमाएको खेलप्रति सरकारबाट पुर्वाधार विकासमा ध्यान जान नसकेको दुखेसो गरे । कोभिड संक्रमणको विषम परिस्थितिमा खेलाडीहरुलाई खोपमा प्राथमिकता दिनुपर्ने समेत उनले बताए।

सोही अवसरमा कराते खेलको विकासमा लामो समयदेखि प्रशिक्षण गराउँदै आएका प्रशिक्षक एवं कराते संघ रूपन्देहीका पूर्व अध्यक्ष उमेश थापालाई दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा नेपाल कराते संघका केन्द्रीय सदस्य अमीर राई, करातेका सिनियर खेलाडी एवं कराते संघ रुपन्देहीका सचिव मीनराज गिरी, राष्ट्रिय खेलाडी प्रेम बहादुर राना, रश्मी पाण्डेले नियमित खेल गतिविधिलाई जोड्नुपर्ने बताए।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ५ : २४ बजे

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

लुम्बिनी चेम्बरको प्रतिक्रिया : निजी क्षेत्रलाइ अपेक्षित बजेट आएन

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८/०८४ का

अधिकमास समाप्त

काठमाडौँ । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षरोपण गर्न सम्झौता

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट