१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

भारतको असम-मिजोरम राज्यको सीमामा हिँसात्मक झडप, असम प्रहरीका ६ जनाको मृत्यु



भारत । भारतको असम-मिजोरम सीमा क्षेत्रमा हिँसत्मक झडप हुँदा असम राज्यका ६ जना प्रहरीले ज्यान गुमाएका छन् । दुई राज्यको सीमा क्षेत्रमा मिजोरम तर्फबाट आएका केही अराजक समुहले ढुँगामुढा गरेको असम प्रहरीले आरोप लगाएको छ । असम प्रहरीले शुरुमा ढुँगा मुढा गरेको समुहबाट त्यस पश्चात फायर खोलेको र झडपमा आफ्नो तर्फको ६ प्रहरी मारिएको जनाएको छ । यस घटनालाई लिएर दुबै राज्यका मुख्यमन्त्रीहरुले एकले अर्कालाई दोष लगाएका छन् ।

असमका मुख्यमन्त्री हिमत विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको बताएका छन् ।

मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटमा भनाई पोष्ट गर्दै असम प्रहरीका ६ जवानले राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएको उल्लेख गरेका छन् । ‘मलाई ठुलो चोट लागेको छ । असम पुलिसका ६ जना बहादुर जवानहरुले हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएका छन् । मारिएका प्रहरी जवानका परिवारप्रति संवेदना छ ।’ मुख्यमन्त्री शर्माले ट्वीटरमा लेखेका छन् ।

उता मिजोरम राज्यका गृहमन्त्री लालछमलियानाले असम प्रहरीका केहि जवानहरु मिजोरम राज्यको प्रहरी पोष्ट र सीआरपीएफको पोष्ट हुँदै जबर्जस्ती मिजोरम राज्यमा प्रवेश गरेको बताएका छन् । मिजोरम राज्यको सीआरपीएफ र प्रहरीसँग भनाभन् भईरहेको अवस्थामा मिजोरम राज्यका स्थानीयबासीले प्रतिकार गर्न खोज्दा सो घटना घटेको गृहमन्त्री लालछमलियानाले बताए । उनले प्रतिकारमा आएका निशस्त्र आएका स्थानीयबासी माथि असम प्रहरीले लाठी चार्ज, अश्रुग्याँस र गोली प्रहार समेत गरेको आरोप लगाएका छन् ।

मिजोरम राज्यको सीआरपीएफका एडीजी संजीव रंजन ओझाले अग्लो स्थानमा रहेको मिजोरम प्रहरी र स्थानीयमाथि असम प्रहरीले केहि अश्रुग्याँस छाडेसँगै हिँसा भड्केको बताए । ‘दुबै तर्फबाट फायस खोलेपछि असम प्रहरीका ६ प्रहरीले ज्यान गुमाए ।’ एडीजी ओझाले भने ।

दुबै राज्यका मुख्यमन्त्रीहरुले केन्द्र सरकारको हस्तक्षपको माग गरेका छन् । केन्द्र सरकारले दुबै राज्यका सीआरपीएफलाई बल प्रयोग गरि शान्ति बहाली गर्न निर्देशन दिए पछि दङ्गा शान्त भएको छ ।

केन्द्र सरकारका गृहमन्त्री अमित साहले दुबै राज्यका मुख्यमन्त्रीहरुलाई सीमानाका बाट आ-आफ्नो प्रहरी फर्काउन आग्रह गरेपछि सीमामा तनाव कम भएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : २१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग