१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भारतको असम-मिजोरम राज्यको सीमामा हिँसात्मक झडप, असम प्रहरीका ६ जनाको मृत्यु



भारत । भारतको असम-मिजोरम सीमा क्षेत्रमा हिँसत्मक झडप हुँदा असम राज्यका ६ जना प्रहरीले ज्यान गुमाएका छन् । दुई राज्यको सीमा क्षेत्रमा मिजोरम तर्फबाट आएका केही अराजक समुहले ढुँगामुढा गरेको असम प्रहरीले आरोप लगाएको छ । असम प्रहरीले शुरुमा ढुँगा मुढा गरेको समुहबाट त्यस पश्चात फायर खोलेको र झडपमा आफ्नो तर्फको ६ प्रहरी मारिएको जनाएको छ । यस घटनालाई लिएर दुबै राज्यका मुख्यमन्त्रीहरुले एकले अर्कालाई दोष लगाएका छन् ।

असमका मुख्यमन्त्री हिमत विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको बताएका छन् ।

मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटमा भनाई पोष्ट गर्दै असम प्रहरीका ६ जवानले राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएको उल्लेख गरेका छन् । ‘मलाई ठुलो चोट लागेको छ । असम पुलिसका ६ जना बहादुर जवानहरुले हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएका छन् । मारिएका प्रहरी जवानका परिवारप्रति संवेदना छ ।’ मुख्यमन्त्री शर्माले ट्वीटरमा लेखेका छन् ।

उता मिजोरम राज्यका गृहमन्त्री लालछमलियानाले असम प्रहरीका केहि जवानहरु मिजोरम राज्यको प्रहरी पोष्ट र सीआरपीएफको पोष्ट हुँदै जबर्जस्ती मिजोरम राज्यमा प्रवेश गरेको बताएका छन् । मिजोरम राज्यको सीआरपीएफ र प्रहरीसँग भनाभन् भईरहेको अवस्थामा मिजोरम राज्यका स्थानीयबासीले प्रतिकार गर्न खोज्दा सो घटना घटेको गृहमन्त्री लालछमलियानाले बताए । उनले प्रतिकारमा आएका निशस्त्र आएका स्थानीयबासी माथि असम प्रहरीले लाठी चार्ज, अश्रुग्याँस र गोली प्रहार समेत गरेको आरोप लगाएका छन् ।

मिजोरम राज्यको सीआरपीएफका एडीजी संजीव रंजन ओझाले अग्लो स्थानमा रहेको मिजोरम प्रहरी र स्थानीयमाथि असम प्रहरीले केहि अश्रुग्याँस छाडेसँगै हिँसा भड्केको बताए । ‘दुबै तर्फबाट फायस खोलेपछि असम प्रहरीका ६ प्रहरीले ज्यान गुमाए ।’ एडीजी ओझाले भने ।

दुबै राज्यका मुख्यमन्त्रीहरुले केन्द्र सरकारको हस्तक्षपको माग गरेका छन् । केन्द्र सरकारले दुबै राज्यका सीआरपीएफलाई बल प्रयोग गरि शान्ति बहाली गर्न निर्देशन दिए पछि दङ्गा शान्त भएको छ ।

केन्द्र सरकारका गृहमन्त्री अमित साहले दुबै राज्यका मुख्यमन्त्रीहरुलाई सीमानाका बाट आ-आफ्नो प्रहरी फर्काउन आग्रह गरेपछि सीमामा तनाव कम भएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : २१ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत