१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

तामाकोशी पाँचौं आयोजनामा सञ्चय कोषले ११.३३ अर्ब लगानी गर्ने



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यास्केड आयोजना तामाकोसी पाँचौंमा लगानी जुटेको छ । दोलखामा निर्माण हुने ९९ दशमलव ८ मेगावाटको उक्त जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने भएको छ ।

सञ्चय कोषले उक्त आयोजनामा रू ११ अर्ब ३३ करोड ऋण लगानी गर्नेछ । कोषले आयोजनामा लाग्ने कुल लागतको ७० प्रतिशत रकम ऋण लगानी गर्न लागेको हो । आयोजनामा रू १६ अर्ब १९ करोड लागत लाग्ने अनुमान गरिएको छ । त्यसको ७० प्रतिशत सञ्चय कोषले ऋण लगानी गर्न लागेको हो ।

आयोजनामा लगानी गर्ने सम्बन्धमा सोमवार त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा आइतवार नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोशी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण लगानी सम्बन्धमा हस्ताक्षर भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधान र कोषका प्रशासक तुलसीप्रसाद गौतमले एमओयूमा हस्ताक्षर गरेका थिए ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सरकारले उक्त आयोजना निर्माण गर्न लागेको हो । यसमा ३० प्रतिशत लगानी भने कम्पनीको स्वपूँजी र सर्वसाधारणबाट जुटाउने योजना रहेको छ । तामाकोशी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोशीको क्यास्केड आयोजना हो । त्यसैले तामाकोशी पाँचौंको बाँध, बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) लगायत संरचना बनाउनु नपर्ने भएकाले आयोजनालाई आकर्षक मानिएको छ ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ । आयोजनाले ८ किलोमीटर सुरुङ, विद्युत् गृह, २ किलोमीटर २२० केभी प्रसारण लाइनलगायत मुख्य संरचना भने निर्माण गर्नुपर्ने छ । विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको आयोजनाले विद्युत् उत्पादनको अनुमति २०७४ को जेठमै पाइसकेको छ ।

चीनको अगुवाइमा स्थापना भएको एशियन इन्फ्रास्ट्रक्चर लगानी बैंक (एआईआईबी) को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ । आयोजनाको अहिले निर्माणपूर्वका कामहरू भइरहेका छन् । आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ६ : ३२ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन