४ पुस २०८२, शुक्रबार | December 20, 2025

माओवादी अध्यक्ष प्रचण्ड बिहानैदेखि दौडधुपमा, माधव नेपालसँग भेटवार्तापछि पुगे बालुवाटार



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज बिहानै देखि नेताहरुसँग भेटवार्ता गर्न दौडधुप शुरु गरेका छन् । बिहानै एमाले वरिष्ठ नेता माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका प्रचण्ड त्यहाँबाटै सिधै प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् ।

अध्यक्ष प्रचण्डको एमाले नेपाल पक्षलाई सरकारमा सहभागी गराउने मनसाय विपरित नेपाल पक्षले पार्टी एकताको पक्षमा लाग्ने निर्णय गरेपछि प्रचण्डले आफ्नो भेटवार्तालाई तिब्र बनाएका हुन् ।

नेपाल पक्षलाई सम्मानजनक रुपमा सरकारमा सहभागी बनाउने योजना विपरित नेपाल पक्षको सोमबारको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने र गालीगलौज नगर्ने निर्णय गरेपछि सत्ता साझेदारीको प्रयास अन्यौलमा परेको छ ।

माधव नेपालसित करिब ४५ मिनेट छलफल गरेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

नेपाल पक्षलाई सरकारमा सहभागी गराउने, संवैधानिक आयोगहरुमा नियुक्ति र मन्त्रिपरिषद विस्तारबारे वरिष्ठ नेता नेपालसँग छलफल गरेर प्रचण्ड प्रधानमन्त्री निवास पुगेका हुन् ।

 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ९ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको