३० चैत्र २०८२, सोमबार | April 13, 2026

मन्त्री छान्न पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक रुपमा बैठक बोलाएपछि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ ।

बैठकमा सरकारमा पठाउने मन्त्रीहरुको नाम र पार्टीको संगठनात्मक विषयमा छलफल भैरहेको बुझिएको छ । माओवादीमा मन्त्री बन्न चाहनेहरु धेरै भएपछि अध्यक्ष प्रचण्ड तनाबमा छन् । यसबारे प्रचण्डले दुई दिनअघि पार्टी कार्यालयमै आयोजित एक कार्यक्रममा सार्वजनिक गरेका थिए । मन्त्री बन्न नपाए नेतृत्वलाई गाली गर्ने, पार्टी छोड्ने धम्की दिने एवं आत्महत्या गर्नेसम्मका धम्की दिइएको माओवादी वृत्तमा चर्चामा रहेका छन् । थोरै पदमा धेरै आकांक्षी हुँदा माओवादीलाई मिलाउन समस्या परिरहेको छ ।

अध्यक्ष प्रचण्डले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यसअघि आजै बिहान एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेट गरेका थिए ।

सरकार बनेको १५ दिन हुन लाग्दा पनि मन्त्रिपरिषद् विस्तार नगर्दा जनतामा राम्रो सन्देश नजाने भन्दै अब तत्कालै विस्तार गर्नुपर्ने विषयमा छलफल भएको थियो । सत्तारुढ गठबन्धनको अर्को मुख्य दल जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवाद समाप्त भएका कारण अब जसपासहित मन्त्रिपरिषद् विस्तार गर्ने सोचमा प्रधानमन्त्री देउवा रहेका छन् ।

 

 

 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : ०६ बजे

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

वीरगन्ज । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ