२४ बैशाख २०८१, सोमबार | May 6, 2024

मन्त्री छान्न पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक रुपमा बैठक बोलाएपछि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ ।

बैठकमा सरकारमा पठाउने मन्त्रीहरुको नाम र पार्टीको संगठनात्मक विषयमा छलफल भैरहेको बुझिएको छ । माओवादीमा मन्त्री बन्न चाहनेहरु धेरै भएपछि अध्यक्ष प्रचण्ड तनाबमा छन् । यसबारे प्रचण्डले दुई दिनअघि पार्टी कार्यालयमै आयोजित एक कार्यक्रममा सार्वजनिक गरेका थिए । मन्त्री बन्न नपाए नेतृत्वलाई गाली गर्ने, पार्टी छोड्ने धम्की दिने एवं आत्महत्या गर्नेसम्मका धम्की दिइएको माओवादी वृत्तमा चर्चामा रहेका छन् । थोरै पदमा धेरै आकांक्षी हुँदा माओवादीलाई मिलाउन समस्या परिरहेको छ ।

अध्यक्ष प्रचण्डले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यसअघि आजै बिहान एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेट गरेका थिए ।

सरकार बनेको १५ दिन हुन लाग्दा पनि मन्त्रिपरिषद् विस्तार नगर्दा जनतामा राम्रो सन्देश नजाने भन्दै अब तत्कालै विस्तार गर्नुपर्ने विषयमा छलफल भएको थियो । सत्तारुढ गठबन्धनको अर्को मुख्य दल जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवाद समाप्त भएका कारण अब जसपासहित मन्त्रिपरिषद् विस्तार गर्ने सोचमा प्रधानमन्त्री देउवा रहेका छन् ।

 

 

 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : ०६ बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।