३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

पूर्वसभामुख कृष्णबहादुर महरालाई पाटन उच्च अदालतबाट पनि सफाइ



काठमाडौं । जबर्जस्ती करणी उद्योग मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् ।

पाटन उच्च अदालतले काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको हो । मंगलबार उच्च अदालतका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गर्ने फैसला गरेको उच्च अदालत पाटनका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उच्च अदालतमा २०७७ पुस १७ मा महराविरुद्ध रिट दायर भएको थियो । काठमाडौं जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै सरकारी वकिलको कार्यलयले उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

सभामुख बहाद रहेका बेला महराले संसद् सचिवालयमा काम गर्ने एक कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको मुद्दा दायर भएको थियो । आरोप लागेपछि महराले २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो । त्यसपछि प्रहरीले उनलाई असोज १९ गते सभामुख निवासबाटै पक्राउ गरेको थियो । त्यसपछि अदालतले उनलाई पूपक्षका लागि डिल्लीबजार कारागार पठाएको थियो । पाँच महिनासम्म कारागारमा रहेका महरालाई काठमाडौं जिल्ला अदालतले २०७६ फागुन ५ गते सफाइ दिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : ३२ बजे

तलेजु भवानी मन्दिर आज बिहान ५ देखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको

आज महानवमी पर्व, नवदुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने