२४ आश्विन २०८३, शनिबार | October 10, 2026

अमिक शेरचनलाई गण्डकी र तिलक परियारलाई प्रदेश २ प्रदेश प्रमुखमा सिफारिस गर्ने माओवादी निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश र प्रदेश २ का प्रदेश प्रमुखमा पुनः अमिक शेरचन र तिलक परियारलाई पठाउने निर्णय गरेको छ ।

नेकपा विभाजन भएपछि तत्कालिन केपी शर्मा ओली सरकारले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बदला लिन पहिला परियार र त्यसपछि शेरचनलाई बर्खास्त गरेका थिए । ओलीले प्रदेश २ मा पत्रका राजेश अहिराजलाई नियुक्त गरेको थियो भने गण्डकीमा एमाले केन्द्रीय सदस्य सीता पौडेललाई पठाएको थियो ।

माओवादीको आज बसेको स्थायी समिति बैठकले पूर्व प्रदेशप्रमुखहरुलाई सम्मानस्वरुप पुनः प्रदेश प्रमुखमा पठाउने निर्णय गरेको हो । यसअघि आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा सातै प्रदेशका प्रदेश प्रमुख हटाउने सहमति भएको थियो । त्यसमध्ये पहिलो चरणमा गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रमुखलाई हटाइहाल्ने सहमति भएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ४ : ०५ बजे

एमाले स्थायी कमिटी बैठकका सात निर्णय, १३ जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेकपा एमालेको तीन दिनसम्म चलेको पहिलो स्थायी कमिटी

मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनः सुरु

म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरी

नेपालगन्ज । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बाँकेको नेपालगन्जमा शनिवार

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

नारायणगढ । यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय, साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौँ । सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध