२४ बैशाख २०८१, सोमबार | May 7, 2024

अमिक शेरचनलाई गण्डकी र तिलक परियारलाई प्रदेश २ प्रदेश प्रमुखमा सिफारिस गर्ने माओवादी निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश र प्रदेश २ का प्रदेश प्रमुखमा पुनः अमिक शेरचन र तिलक परियारलाई पठाउने निर्णय गरेको छ ।

नेकपा विभाजन भएपछि तत्कालिन केपी शर्मा ओली सरकारले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बदला लिन पहिला परियार र त्यसपछि शेरचनलाई बर्खास्त गरेका थिए । ओलीले प्रदेश २ मा पत्रका राजेश अहिराजलाई नियुक्त गरेको थियो भने गण्डकीमा एमाले केन्द्रीय सदस्य सीता पौडेललाई पठाएको थियो ।

माओवादीको आज बसेको स्थायी समिति बैठकले पूर्व प्रदेशप्रमुखहरुलाई सम्मानस्वरुप पुनः प्रदेश प्रमुखमा पठाउने निर्णय गरेको हो । यसअघि आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा सातै प्रदेशका प्रदेश प्रमुख हटाउने सहमति भएको थियो । त्यसमध्ये पहिलो चरणमा गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रमुखलाई हटाइहाल्ने सहमति भएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ४ : ०५ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,