१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

पुष्पलाल लोकमार्ग निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा



काठमाडौं । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजनाको खोटाङ खण्डमा अनियमितता भएको छ । निर्माण कम्पनी र आयोजनाका कर्मचारीको मिलोमतोमा खोटाङ खण्डको ठेक्कामा अनियमितता भएको तथ्य बाहिर आएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह तथा तत्कालिन आयोजना प्रमुख विजय चापागाईसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ । तत्कालिन इन्जिनियर दीपककुमार खड्का, तत्कालिन सब इन्जिनियर गजेन्द्रप्रसाद राउत र तत्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुयाँललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

खोटाङ खण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार नगरेको भन्ने उजुरीका सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो । यो ठेक्का निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरियसन हुनुपर्ने भन्दा फरक बेहोराको भेरियसन पेश गरिएको पाइएको अख्तियारले जनाएको छ ।

एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । एउटा ठेक्काबाट डीपीआर अनुसारको इष्टिमेट तयार भई गरिएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई विल तयार पारी भुक्तानी लिने र दिने काम गरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा हिनामिना गरिएको अनुसन्धानमा पाइएको अख्तियारका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।

अख्तियारले योजना प्रमुख चापागाईं, तत्कालिन इन्जिनियर खड्का, तत्कालीन सब इन्जिनियर राउत, निर्माण कम्पनी महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंहसँग ६८ लाख ९३ हजार सात सय ७८ रुपैयाँ पाँच पैसा विगो माग दावी गरेको छ ।

त्यस्तै तत्कालिन लेखा अधिकृत फुयाँलसँग २१ लाख ४९ हजार आठ सय १८ रुपैयाँ विगो माग गरिएको छ । सरकारी कर्मचारीको हकमा तीन वर्षसम्म कैद र बिगोबमोजिम जरिबानाको माग दाबी गरिएको छ । ठेकेदार सिंहविरुद्ध दुई वर्षसम्म कैद वा बिगोबमोजिम जरिबाना गरी बिगो समेत जफतको माग दाबी छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : ०९ बजे

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय

गत आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशत मात्र, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल