१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एकताका लागि नेपालको सर्त



काठमाडौं । प्रमुख विपक्षी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली अधिकारसहित नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको भन्दै दोस्रो पुस्ताका नेताहरूले एकताका लागि दबाब बढाएपछि उनले आफूभन्दा खनाललाई दोस्रो अध्यक्ष बनाउनुपर्ने सर्त अघि सारेका हुन् । उनले नयाँ पुस्ताका कुनै नेतालाई यो जिम्मेवारी दिए पनि मान्य हुने बताएका छन् । ‘मैले केपीको भनाइ बुझिसकेको छु,’ नेपाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘उनी दिन तयार छन् भने जेएन कमरेड वा तपाईंहरू दोस्रो पुस्तामध्येबाट कोही अध्यक्ष भए पनि मलाई मान्य छ ।’

खासगरी दोस्रो पुस्ताका नेताहरूले ओलीसँग मिल्न निरन्तर आग्रह गरेपछि नेपालले आफूलाई दोस्रो अध्यक्ष नचाहिने र ओलीले दिन्छन् भन्ने विश्वास पनि नभएको बताएका हुन् । दोस्रो पुस्ताका नेताहरूले ओलीले कागज गरेरै दोस्रो अध्यक्ष दिने बताए पनि नेपाल पत्याउन तयार भएका छैनन् ।

एमाले महाधिवेशन २०७१ असारमा सम्पन्न भएको हिसाबले पनि सात वर्ष पुगिसकेको छ । विगतमा पाँच-पाँच वर्षमा महाधिवेशन हुने गरेकोमा अहिले दुई वर्ष कटिसकेको हुँदा ओली अध्यक्ष बनिरहन नसुहाउनेसमेत नेपालले बताउँदै आएका छन् । एमाले विधानमा ७० वर्ष उमेर पुगेका नेताले दलबाट अवकाश लिनुपर्ने प्रावधान छ । यस हिसाबले पनि ओली अध्यक्षको जिम्मेवारीबाट अलग्गिनुपर्ने आवाज उठ्दै आएको छ । विधानको उक्त प्रावधान ओलीले आफूलाई अनुकूल हुनेगरी संशोधन गराए पनि नेपाल पक्षले आफ्नो संलग्नताबेगर भएको संशोधन अस्वीकार गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : १६ बजे

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर