१ पुस २०८२, मंगलबार | December 16, 2025

समयमै कर नतिर्नेलाई सिलबन्दी गर्ने काठमाडौं महानगरको चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिमा कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने भएको छ ।

यसअघि कामपाले गत असार १६ गते कर तिर्नका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचनाअनुसार अब कर तीर्ने सयम दुई दिन मात्र बाँकी छ सोही समयमा कर नबुझाए घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने चेतावनी कामपाले दिएको छ ।

समयमा नै कर तीर्नका लागि भन्दै कामपाले आजदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा माइकिङ शुरु गरेको छ ।

कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार पहिलो चरणमा हामीले नाम सार्वजनिक गरेका २० करदातामध्ये आजसम्ममा वडा ११ को एनआरटी क्लब, वडा १३ को काठमाडौँ इञ्जिनीयरिङ कलेज र वडा ४ का देवेन्द्र श्रेष्ठ सम्पर्क मात्र सम्पर्कमा आएका छन् ।

कामपालाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान र एलआरआइ स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् ।

यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोपर्रेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रालि र स्टार मल रहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ८ : ०४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज