१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

सचिव बैठकः मन्त्रालय र कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन



काठमाडौं । मुख्य सचिव शंकरदास वैरागीले सरकारका सबै सचिवलाई छिटोभन्दा छिटो मन्त्रालय र मातहतका कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन दिएका छन् । सचिव बैठकमा बुधबार उनले यस्तो निर्देशन दिएका हुन् ।

वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने तथा प्रशासनिक कामकारबाहीमा चुस्तता ल्याउनेबारे विभिन्न निर्णयसहित कार्यान्वयन थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले जानकारी दिए । बैठकमा विगतमा निर्णय र कार्यान्वयनबारे व्यापक समीक्षा गरिएको पनि उनले जानकारी दिए ।

बैठकमा मुख्य सचिव वैरागीले सिंहदरबारभित्रका निकायमा साउन मसान्तभित्र बाहिरका निकाय र कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न विशेष निर्देशन दिएका हुन् । आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन हुने राष्ट्रिय गौरव, रूपान्तरणकारी आयोजनालगायत प्राथमिकता प्राप्त आयोजनाको वार्षिक कार्यान्वयन कार्ययोजना समयमै तयार गरी कार्यान्वयन गर्न र गराउनसमेत उनले निर्देशन दिएका छन् ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन अवस्था र सरकारी तथ्यांक तथा डाटावेस सुरक्षा संवेदनशीलता विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रस्तुतिकरण गरिएको छ । समीक्षक्रममा सिंहदरबार प्रवेश थप व्यवस्थित बनाउने, विभिन्न मन्त्रालय तथा निकायको गत आर्थिक वर्षमा निर्धारित माइलस्टोन र क्रियाकलाप प्रगति स्थितिबारे पनि छलफल भएको छ ।

यसैबीच, सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिवका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले वरिष्ठ सहसचिवहरू हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा र राजकुमार श्रेष्ठको नाम सिफारिस गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ६ : ३६ बजे

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय

सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको