जुम्ला । बाढीले पानीघट्ट बगाउँदा जुम्लाको छुमचौरमा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, जुम्लाको पातारासी गाउँपालिका ३ की ३५ वर्षीया शर्मिला बुढाको मृत्यु भएको हो। शारीरिक रुपमा अपाङ्ग बुढालाई बाढीले बगाएको प्रहरी निरीक्षक यौवन चौधरीले बताए ।
वडाध्यक्ष बिर्खराम बोहराका अनुसार बाढी आएपछि दौडन नसकेर उनको ज्यान गएको हो । पानीघट्ट गएका मुनसोभा बोहरा र जसकला रावत भने भागेर बाँच्न सफल भएका छन् ।
बाढीले अहिलेसम्म करीब ६ वटा पानीघट्ट, २० वटाभन्दा बढी चौपाया र एक हेक्टरभन्दा बढी बालीनाली र जग्गामा क्षति पुर्याएको वडाध्यक्ष बहोराले जानकारी दिए । बाढीले वडा नम्बर २ र ३ जोड्ने काठेपुल बगाउँदा आवतजावत गर्न कठिनाइ भएको उनले बताए ।


















प्रतिक्रिया