२० असार २०८३, शनिबार | July 4, 2026

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवासमा सत्तारुढ गठबन्धनका शीष नेताहरुबीच छलफल भएको भए पनि दुई शीर्ष नेताबीच मात्र भेट भएको छ । भेटवार्तामा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको छ ।

बुधबार बसको गठबन्धनको बैठकले शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद् विस्तारको विषयमा निर्णय गर्ने निर्णय गरेको थियो ।

गठबन्धन दलहरुले आन्तरिक रुपमा मन्त्री छान्न नसक्दा सरकार बनेको दुई साता पुग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

दलहरुले मन्त्रिपरिषद् विस्तार गर्न जनता समाजवादी पार्टी जसपाको आधिकारिकता र एमालेको नेपाल पक्षको निर्णय पर्खेर बसेको भनेका थिए । तर अब जसपाले आधिकारिकता पाइसकेको र नेपाल पक्ष तत्काल सरकारमा सहभागी नहुने बताएपछिको अवस्थामा छिटो मन्त्रिपरिषद् विस्तार गर्नेपर्ने दबाबमा छन् ।

कांग्रेस माओवादी केन्द्र र जसपाभित्रै भने कसलाई मन्त्री बनाउने विषयमा पेचिलो रहेका छ ।

यद्यपी प्रधानमन्त्री देउवाले अब ढिला नगरी मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने भन्दै छलफललाई तिब्रता दिएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ९ : ५१ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०