२६ बैशाख २०८१, बुधबार | May 9, 2024

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवासमा सत्तारुढ गठबन्धनका शीष नेताहरुबीच छलफल भएको भए पनि दुई शीर्ष नेताबीच मात्र भेट भएको छ । भेटवार्तामा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको छ ।

बुधबार बसको गठबन्धनको बैठकले शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद् विस्तारको विषयमा निर्णय गर्ने निर्णय गरेको थियो ।

गठबन्धन दलहरुले आन्तरिक रुपमा मन्त्री छान्न नसक्दा सरकार बनेको दुई साता पुग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

दलहरुले मन्त्रिपरिषद् विस्तार गर्न जनता समाजवादी पार्टी जसपाको आधिकारिकता र एमालेको नेपाल पक्षको निर्णय पर्खेर बसेको भनेका थिए । तर अब जसपाले आधिकारिकता पाइसकेको र नेपाल पक्ष तत्काल सरकारमा सहभागी नहुने बताएपछिको अवस्थामा छिटो मन्त्रिपरिषद् विस्तार गर्नेपर्ने दबाबमा छन् ।

कांग्रेस माओवादी केन्द्र र जसपाभित्रै भने कसलाई मन्त्री बनाउने विषयमा पेचिलो रहेका छ ।

यद्यपी प्रधानमन्त्री देउवाले अब ढिला नगरी मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने भन्दै छलफललाई तिब्रता दिएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ९ : ५१ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s