७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमालेको नेपाल पक्ष सरकारमा नजाने निष्कर्षमा



काठमाडौं । देउवा सरकारमा सहभागी हुने चर्चाको शिखरमा रहेको नेकपा एमालेको नेपाल पक्ष अन्ततः सरकारमा सहभागी नहुने भएको छ । नेपाल पक्षको आज बसेको उपलब्ध स्थायी कमिटीको बैठकले सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको हो । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी बनाउने योजना पनि नभएका कारण सरकारमा सहभागी नहुने निर्णय भएको नेपाल पक्षका एक नेताले बताएका छन् ।

सत्तापक्षीय गठबन्धनले नेपाल पक्षलाई सरकारमा सामेल गराउन निकै प्रयास गरेपनि नेपाल पक्षले सहभागी नहुने करिव निश्चित भएको छ । नेपाल पक्षका प्रभावशाली नेता बदेराम भुसालले सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत नदिएको स्पष्ट पार्दै एकताबद्ध एमाले बनाउने अभियान जारी रहेकाले सरकारमा सहभागी हुने कुरै नहुने बताए ।

नेपाल निकट सांसदहरुले पनि एकतावद्ध एमालेको पक्षमा धारणा राख्दै वरिष्ठ नेता माधवलाई सरकारमा जान हतार नगर्न सुझाव दिएको नेपाल पक्षको उच्च स्रोतले दाबी गरेको छ ।

नेता नेपालले बुधबार दिउँसो २२ सांसदसँग भएको छलफलमा नेता नेपालले सरकारमा सहभागी हुन नसकिने जानकारी सांसदहरुलाई दिएका थिए ।

छलफलका क्रममा अधिकांश सांसदले नेता नेपाललाई देउवा सरकारमा सहभागी हुन ठीक नहुने सुझाव दिएका थिए । देउवालाई माधव समूहका १४ र अध्यक्ष केपी शर्मा ओली समूहका आठ सांसदले विश्वासको मत दिएका थिए ।

 

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ७ : ३३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११