४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमालेको नेपाल पक्ष सरकारमा नजाने निष्कर्षमा



काठमाडौं । देउवा सरकारमा सहभागी हुने चर्चाको शिखरमा रहेको नेकपा एमालेको नेपाल पक्ष अन्ततः सरकारमा सहभागी नहुने भएको छ । नेपाल पक्षको आज बसेको उपलब्ध स्थायी कमिटीको बैठकले सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको हो । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी बनाउने योजना पनि नभएका कारण सरकारमा सहभागी नहुने निर्णय भएको नेपाल पक्षका एक नेताले बताएका छन् ।

सत्तापक्षीय गठबन्धनले नेपाल पक्षलाई सरकारमा सामेल गराउन निकै प्रयास गरेपनि नेपाल पक्षले सहभागी नहुने करिव निश्चित भएको छ । नेपाल पक्षका प्रभावशाली नेता बदेराम भुसालले सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत नदिएको स्पष्ट पार्दै एकताबद्ध एमाले बनाउने अभियान जारी रहेकाले सरकारमा सहभागी हुने कुरै नहुने बताए ।

नेपाल निकट सांसदहरुले पनि एकतावद्ध एमालेको पक्षमा धारणा राख्दै वरिष्ठ नेता माधवलाई सरकारमा जान हतार नगर्न सुझाव दिएको नेपाल पक्षको उच्च स्रोतले दाबी गरेको छ ।

नेता नेपालले बुधबार दिउँसो २२ सांसदसँग भएको छलफलमा नेता नेपालले सरकारमा सहभागी हुन नसकिने जानकारी सांसदहरुलाई दिएका थिए ।

छलफलका क्रममा अधिकांश सांसदले नेता नेपाललाई देउवा सरकारमा सहभागी हुन ठीक नहुने सुझाव दिएका थिए । देउवालाई माधव समूहका १४ र अध्यक्ष केपी शर्मा ओली समूहका आठ सांसदले विश्वासको मत दिएका थिए ।

 

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ७ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको